सुकुम्वासीले सरकारी गाडी नियन्त्रणमा लिएपछि…(भिडिओ)

विराटनगर । भुमिहिन तथा सुकुम्वासीहरुले धरानमा भुमिसुधार मन्त्री शशी श्रेष्ठको गाडी नियन्त्रणमा लिएर छाडेका छन् । सुकुम्वासीको नाममा शुरु भएको आन्दोलनको क्रममा शनीवार उनीहरुले सरकारी सवारी साधन नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाड्न क्रममा मन्त्री शशी श्रेष्ठको गाडी नियन्त्रणमा लिएर छाडेको उनीहरुले दाबी गरेका छन् ।

सोही क्रममा धनकुटा तर्फ गएर आउँदै गरेकी मन्त्री श्रेष्ठलाई स्थानीयले रोकेर १० मिनेटसम्म नियन्त्रणमा लिएर केरकार गरेर पठाएको स्थानीयको भनाई छ । सुकुम्वासी समस्या समाधान नगर्ने, आम नागरिकले तिरेको करबाट शनिवार सरकारी गाडी चढेर हिँडेको भन्दै मन्त्री श्रेष्ठको स्थानीयले आलोचना गरेका थिए ।

मन्त्री श्रेष्ठलाई अबदेखि शनिवार सरकारी गाडी नचलाउने प्रतिबद्धता जनाएपछि उनको गाडी छाडिएको थियो । त्यस्तै स्थानीयले बिभिन्न पालिकाका मेयरका आफन्त बोकेर हिँडेको सरकारी गाडी पनि नियन्त्रणमा लिएर सचेत गराएका छाडेका छन् ।

धरानका स्थानीय राजेश कुमार राउतका अनुसार शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गाईएको बताए । आयल निगम टाँट पल्टिएको, देश आर्थिक संकट तर्फ गईरहेको अबस्थामा धरानका सुकुम्वासीले राज्यकोषको दोहान रोक्न शनिवार सरकारी गाडी रोक्ने अभियान चलाएका हुन् । कोे १ झ ६३९ नम्बरको जिल्ला प्रशासन कार्यालय तेह्रथुमको गाडी पनि नियन्त्रणमा लिएका छन् ।

त्यस्तै प्रदेश ३–०१००२ झ५४३६ नम्बरको अर्को सडक विभागको सरकारी गाडी पनि स्थानीयले नियन्त्रणमा लिए । ‘स्वतन्त्र युवा तथा सुकुम्बासी द्वारा सरकारी गाडी समातिएको हो, उनले भने, आज शनिबार हो, राज्यको ढुकुटी दुरुपयोग गर्न दिदैनौँ ।’ एकिकृत बसोवास संरक्षण समाजको नाममा स्थानीयले शनिवार धरानमा सरकारी गाडीहरुलाई रोकेका हुन् ।

‘यहाँ पेट्रोल २ सय रुपैयाँ लिटर भई सक्यो जनता चढ्न सक्ने अबस्था छैन, स्थानीय भन्छन्, सरकारबाट पाएको सेवा सुबिधाको दुरुपयोग त गर्नु भएन नी ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *