थप २ सय ५ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =