सिंहदरबारभित्रै सिसिटिभीकाे डेटा सुरक्षित छैन भन्ने अनुमानसमेत गर्न सकिँदैन : सर्वाेच्च

काठमाडौँ । सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थमन्त्रालयको बहुचर्चित सिसिटिभी प्रकरणसम्बन्धी रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गर्दै उनीहरूलाई हटाउन नपर्ने बताएकाे हाे ।

अधिवक्ताहरू सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्न अनि सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गर्दै दायर गरेकाे रिटमा यस्ताे आदेश दिएकाे हाे ।

सर्वाेच्चले मुलुककाे सर्वाेच्च प्रशासनिक निकायमा सिसिटिभी सुरक्षित नरहेकाे कुरा अनुमान समेत गर्न नसकिने भन्दै तत्काल त्यससम्बन्धमा आदेश दिइरहनु नपर्ने बताएकाे छ ।

यद्यपि, अदालतले कारण देखाउ आदेश भने जारी गरेको छ । त्यस्तै, सर्वाेच्चले मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको छ ।

आदेश:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =