भारत जानुअघि प्रचण्डले भने- मेरो चीन भ्रमण पनि छिट्टै हुन्छ

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि निस्कने बताएका छन् । शुक्रबार भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरकानी गर्दै उनले यस्ताे बताएका हुन् । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ । र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु,’ उनले भनेका छन् ।

उनले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारीसमेत दिँदै उनले थपे— मेराे चीन भ्रमण पनि चाँडै हुन्छ ।

प्रचण्डले भारतमा ३ दिन बिताउनेछन् ।

♦ याे पनि:
   भारत जानुअघि प्रचण्डले भने- मेराे र आरजूकाे भ्रमणको उद्देश्य फरक-फरक हाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =