युक्रेनको आवासीय क्षेत्रमा रुसद्वारा क्षेप्यास्त्र प्रहार, २३ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको आवासीय क्षेत्रमा रुसीले क्षेप्यास्त्र प्रहार गर्दा २३ जनाको मृत्यु भएको छ । भिनित्सिया सहमा रुसी क्षेप्यास्त्रहरू प्रहार भएपछि तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको होृ ।

अधिकारीहरूकाअनुसार घटनामा १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घातक आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसलाई खुलमखुला गरिएको आतङ्कवादी कार्यको सङ्ज्ञा दिएका छन् । झन्डै तीन लाख ७० हजार मानिस बसोबास गर्ने सहरमा एउटा नौतले भवनको कार पार्किङस्थलमा क्षेप्यास्त्र प्रहार भएपछि युक्रेनी राष्ट्रपतिले रुसको आलोचना गर्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

उक्त आक्रमणका कारण सहरको मध्य भागमा अवस्थित अरू आवासीय भवनहरू पनि प्रभावित भएका थिए । युक्रेनी आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन् । अहिले किएभको दक्षिणपश्चिम र डोन्बासमा लडाइँ भइरहेको छ । तर भिनित्सिया ती स्थानबाट निकै पर छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =