सीजीले ल्यायो इन्टरनेटबाट चलाउन सकिने उपकरण

काठमाडाैँ । सीजीले आफ्नो सीजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ ।

आफ्ना सुरूवाती दिनहरूदेखि नै परिष्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सीजीले यस पटक आइओटी (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाई साइड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो ।

यी आईओटी प्रोडक्टहरुलाई केवल एउटा सीजी स्मार्ट होम एपमार्फत सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा यी प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आईओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी तथा मोटरमा र एसीमा ५ वर्षको वारेन्टी कम्प्रेसरमा पनि दिएको छ । यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आईओटी सुविधायुक्त सीजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *