केएल दुगड समूहको ज्ञान मखाना बजारमा

काठमाडौँ । केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले लोकप्रिय ब्रान्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरू लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरूले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् ।
लिलीफूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्त्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ ।
मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ।यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ।
ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा २०० ग्राम प्याकमा उपलब्ध रहेको केएल दुगड समूहले जनाएको छ ।








