सकियो एक्साइडको ‘डिलर मीट’ कार्यक्रम

काठमाडाैँ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘डिलर मीट’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डिलरका प्रतिनिधिहरूलाई स्वागत गर्दै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले भने,‘हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण हाम्रा वितरकहरूले हामीलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो ।’

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *