अन्ततः रातारात पारित भयो सुदूरपश्चिम सरकारको बजेट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सभामा पेश गरेको बजेट अन्ततः पारित भएको छ । बजेटमाथि सत्तारुढ दलबीच नै असन्तुष्टि रहेका बेला बुधबार एकैदिनको छलफलमा बजेट पारित भएको हो । बजेटमाथि बुधबार लामो छलफल  गरेपछि दोस्रो पटक राति ८:४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो । बजेट ९:१० बजे बहुमतले पारित भएको हो ।

असार १ गते ल्याइएको बजेटमाथि सत्तारूढ दलबीच नै असन्तुष्टि हुँदा छलफल नै हुन सकेको थिएन । छलफलका लागि सभामुखले प्रदेश सभा बैठक बोलाएका भएपनि स्थगित हुँदै आएको थियो ।

बुधबार पनि मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्रीहरूले सत्तापक्षका सांसद र प्रतिपक्ष दलसँग वार्ता गरेका थिए । वार्तापछि बजेट बहुमतले पारित भएको हो । वार्तामा के सहमति भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *