याे विषय गम्भीर हाे, त्यसैगरी हेरिनुपर्छ : सरकार

काठमाडाैँ । नेपाल सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि उठेकाे विषय गम्भीर भएकाे बताएकाे छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज संसद्‌मा पनि यो विषय धेरै माननीयहरूले उठाउनुभएको छ । यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ र सरकारले त्यसैगरी हेर्छ ।’

प्रश्न उठिसकेपछि यसकाे निराकरण पनि खाेजिनुपर्ने उनकाे भनाइ थियाे । ‘उहाँमाथि प्रश्न उठेकाे छ,’ उनले भनेका छन्, ‘अब त्याे भइसकेपछि यसलाई यत्तिकै राख्न मिल्ने कि नमिल्ने भन्ने पनि हुनसक्छ । त्यसाे हुँदा यसलाई गम्भीररूपमा हेर्नुपर्छ ।’

यसबारे अब उठ्ने थप प्रश्नहरूले पनि त्यसकाे निर्धारण गर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *