गठबन्धन स्वार्थको मिलन, १ वर्षमा सरकारले एउटा पनि राम्राे काम गरेन : पद्मा अर्याल

काठमाडौँ । नेकपा (एमाले) की सचिव पदमा अर्यालले वर्तमान सरकार पुरै असफल भएको बताएकी छन् ।

बुधवार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बिचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पुरै असफल भएको बताएकी हुन् । उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गरिन् ।

त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलन मात्रै भएको आरोप लगाउनुभयो । मुलुक अहिले पुरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गर्दै उनले विलम्ब नगरीकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राखिन् ।

सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले बताइन् ।

अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरूको कुरा भएको पनि उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *