दार्चुलामा शैल्यशिखर पूजन जात्रा सम्पन्न

दार्चुला । देशकाे सातौँ धामका रूपमा रहेकाे शैल्यशिखर पूजन जात्रा विधिवत् सम्पन्न भएको छ ।

मंगलबार मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाकाे सीमा क्षेत्रमा रहेको शैल्यशिखरकाे पुजन जात्रा सम्पन्न भएको हो । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा लाग्ने गर्दछ ।

जात्रा मालिकार्जुन गाउँपालिका वडा नं ३ स्थित भण्डारी घरबाट सुरु हुने गर्दछ । शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् ।

शैल्यशिखर दर्शनका लागि विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुष १५ दिन अगाडिदेखि नै शुद्ध रूपमा उपवास गरी पवित्र तनमनका साथ शिखर जात्रामा जाने गर्ने गर्छन् । शिखर दर्शन गर्न जानेले १५ दिनअघिदेखि नै मासु, प्याज, लसुनजस्ता चिज खान नहुने तथा शिखर धाम जाँदा विभिन्न बाजागाजा बजाउने, फाग, झोडो, लोक भजन गाउँदै मडको भण्डार घरबाट भक्तजन जाने गर्छन् ।

मन्दिरको दर्शन गरेपछि उनीहरु पुनःमालिकार्जुन मड , लटिनाथ चौड , कैलपाल , बालिचन लगायतका अन्य सबै देवस्थलहरुको पुजन र दर्शन गरी जात्रा समापन हुने गरेको छ ।

शिखर धाममा पुगी तिर्थालुहरू पूजा तथा अनुष्ठानका साथमा बत्ती बाल्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *