लिउसँगको भेटमा नेपालले भने- ‘एक चीन नीतिमा दृढ छौँ, हस्तक्षेप स्वीकार्य छैन’
२०७९ असार २८ गते

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले नेपाल एक चीन नीतिमा दृढ रहेको र चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्षमा नरहेको स्पष्ट पारेको छ ।
मंगलबार काठमाडौंमा नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वले गरेको भेटवार्ताका क्रममा समाजवादीका नेताहरूले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै नीति नरहेको बताएका हुन् ।
भेटवार्तापछि एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले नेपाल र चीनबीचको सम्बन्धलाई घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने बिषयमा छलफल भएको जानकारी दिए ।
उनले चिनियाँ पक्षले पनि नेपालसंगको सम्बन्ध सुमधुर पार्ने प्रतिवद्धता जनाएको बताए ।
चिनियाँ टोलीले नेपालका पार्टीहरू मिलेर अघि बढुन भन्ने सुभेच्छा प्रकट गरेको अध्यक्ष नेपालले बताए ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








