कोरोनाको बढ्दो ग्राफ, आज एकैदिन १७७ जना संक्रमित
२०७९ असार २८ गते

काठमाडाैँ । नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ५ पिसिआर परिक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ४१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना निको भएका छन् ।
हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








