बढ्दै कोरोना, आज एकैदिन १६८ जनामा संक्रमण
२०७९ असार २७ गते

काठमाडाैँ । नेपालमा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन् ।
हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








