असुरक्षित बाटो कटाइ : बाध्यता कि अटेर ?

काठमाडौँ । यी दृश्यहरू एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय वरिपरिका हुन् । यहाँ हरेक दिन यस्ता दृश्य देखिन्छन् ।
देशको सबैभन्दा बढी सेवाग्राही आउनेमध्येको एउटा कार्यालय ‘यातायात व्यवस्था कार्यालय’ यही छ ।
यहाँ ८ लेनको चौडा चक्रपथमा सिमेन्टले बनेका स्थायी किसिमका ‘लेन डिभाइडर’ राखिएका छन् । यहीँबाट ज्यान जोखिममा राखेर दिनमा सयौँले यसरी नै सडक वारपार गर्दै आइरहेका छन् । यो उनीहरूको बाध्यता जस्तै देखिन्छ ।
चक्रपथको एका पट्टी यातायात व्यवस्था कार्यालय छ भने अर्कोपट्टि बिमा कम्पनी लगायतका कार्यालयहरू छन् । यातायात कार्यालय अन्तर्गत कै केही कार्यालय पनि वारिपारि छुटाएर राखिएको छ । दिनहुँ यातायात कार्यालयमा आउने सेवाग्राहीले यसरी नै जोखिम मोलेर सडक वारपार गर्दछन् ।
त्यहाँबाट बाटो काट्न जेब्राक्रसिंग खोज्ने हो भने करिब १०० मिटर पूर्व र पश्चिम जानुपर्छ । यी सब सेवाग्राहीका लागी सहज नहुने अवस्था छ ।










