सुदूरपश्चिममा बजेट पारित गर्न सकस, अझै सुरू भएन बजेटमाथिको छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट पारित गर्न सकस भएको छ । असार १ गते ल्याएको बजेटमाथि हालसम्म पनि छलफल हुन सकेको छैन ।

बजेटमाथि छलफलका लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक पनि मंगलबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रतिपक्षी दलका सांसद अनुपस्थित भएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरिएको घोषणा गरे ।

३ बजे बैठक आह्वान गरिएको बैठकमा एमाले, जसपा र राजपाले बहिस्कार गरे । बैठकमा सत्ता पक्षका सांसदको पनि न्यून उपस्थित थियो ।

योसहित लगातार पाँचौं बैठक स्थगित भएको हो । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले बजेट परिष्कृत नहुँदासम्म पारित गर्न नसकिने अडान राख्दै आएका छन् ।

प्रदेश सरकाले साउन १ अघि नै बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार अबको पाँच दिन भित्र बजेट पारित गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *