जनसंख्यामा चीनलाई उछिन्दै भारत
२०७९ असार २७ गते

काठमाडौँ । भारतले सन् २०२३ सम्ममा जनसंख्याका आधारमा चीनलाई उछिन्ने प्रक्षेपण गरिएकाे छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ ।
विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ ।
सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरी ७ अर्ब ९५ करोड ४० लाख मानिस छन् ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








