संवैधानिक परिषद् सम्बन्धी विवादित विधेयक फिर्ता हुनुपर्छ : शेखर काेइराला
२०७९ असार २७ गते

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विवादित व्यवस्थासहितको संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग बाेल्दै काेइरालाले उक्त विधेयक फिर्ता लिनैपर्ने बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अघि बढाइएको विधेयक पनि फिर्ता गराइएको बताउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार पनि पछि हट्नैपर्ने बताए ।
उनले भने, ‘संवैधानिक परिषदसम्बन्धी विधेयक पहिले फिर्ता गराएका हौँ, अहिले पनि फिर्ता लिनुपर्छ ।’
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








