युवा संघले घेर्याे यातायात व्यवस्था कार्यालय (तस्वीर)
२०७९ असार २७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले यातायात कार्यालय घेराउ गरेको छ ।
सोमवार युवा संघले एकान्त कुनामा रहेको यातायात व्यवस्था कार्यालयले घेराउ गरेको हो । सवारी चालक अनुमति पत्र वितरणमा लापरबाही एवं ढिलासुस्ती भएको भन्दै संघले कार्यालय घेराउ गरेको हो ।
उनीहरूले लाइसेन्स प्रिन्टलाई विकेन्द्रित गर, यातायात बिचौलियालाई निषेध गर लेखिएका तुलहरू बोकेका थिए ।
त्यस्तै, युवा संघले कार्यालयमा हुँदै आइरहेको बिचौलियाको खेल बन्द गर्न र लाइसेन्स वितरण सहज गर्न व्यवस्था कार्यालय प्रमुखलाई आफ्ना मागहरू पेस गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








