एमालेकाे आराेप- माओवादी र समाजवादी दक्षिणपन्थी शक्तिहरूकाे औजारमा स्खलित भए (अपानिसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले सत्ता साझेदार दलहरू नेकपा [माओवादी केन्द्र] र नेकपा [एकीकृत समाजवादी] नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई समाप्त पार्न लागिपरेकाे आराेप लगाएकाे छ । साेमबार अन्तरपार्टी निर्देशन ४ जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्ताे आराेप लगाएका हुन् । ‘कांग्रेससँग मिल्नुले यी दुवै दलहरू नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर र समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरूकाे औजारमा स्खलित हुन पुगेको स्पष्ट भएको छ,’ अपानिमा भनिएकाे छ

त्यसकाे स्पष्ट चित्र गत स्थानीय तह सदस्य निर्वाचन २०७९ मा देखिएकाे ओलीकाे भनाइ छ । माओवादी र समाजवादीले सीमित स्वार्थका लागि कांग्रेसकाे चुनाव चिह्नबाट समेत चुनाव लड्न तयार रहेकाे भनाइ ओलीकाे छ । ‘निर्वाचनमा केही सिट प्राप्तिका लागि यी दुवै समूहका उमेदवारहरू नेपाली कांग्रेसकाे चुनाव चिह्नमा समेत लड्न तयार हुनुले उनीहरूकाे राजनीतिक विचलनलाई स्पष्ट पारेको छ,’ त्यहाँ भनिएकाे छ ।

मुलुककाे आवश्कयता समाजवादकाे आधार निर्माण गर्नुपर्ने भएपनि माओवादी  र समाजवादीले कांग्रेससँग घाँटी जाेडेर बसेकाे आराेप ओलीकाे छ । उनले भनेका छन्— ‘त्यसमाथि यतिबेला कम्युनिष्ट आन्दोलनको प्रमुख उद्देश्य समाजवादको आधार निर्माण गर्नु रहेको बेला त्यसविरुद्धको प्रमुख शक्ति नेपाली कांग्रेससँग घाँटी जोडिन पुग्नु आन्दोलनप्रतिको गद्दारी हो भन्ने कुरा पनि यस निर्वाचनबाट प्रमाणित भएको छ ।’

यस्तै उनले यी दुई दललाई कांग्रसकाे मतियार भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =