काठमाडाैँ महानगरले प्लास्टिकले छाेप्याे फाेहाेरकाे पहाड

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसनकाे फाेहाेर प्लास्टिकले छाेपेकाे छ ।

वर्षात्ले ल्याण्डफिल्ड जाने सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसक्दा उक्त स्थानमा राखिएकाे फाेहाेर प्लास्टिकले छाेपिएकाे हाे ।

आइतबार घाम लागेपछि फोहोर छोपिएको महानगरले जानकारी दिएको छ ।

छोपिएको फोहोरमा जीवातु हालिएको र यसले यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन गर्ने महानगर प्रमुख बालेन्द्र शाह बालेनको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालले जानकारी दिए । सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले थुप्रिएको फोहोर छोपिएको महानगरले बताएको छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास रहेको पनि बताइएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =