साेलुखुम्बु साक्षर जिल्ला घाेषणा

साेलुखुम्बु । साेलुखुम्बुलाई साक्षर जिल्ला घाेषणा गरिएकाे छ । आइतबार जिल्लाकाे सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिकाे समीक्षा हलमा आयाेजित एक औपचारिक कार्यक्रममार्फत् जिल्लाई साक्षर घाेषणा गरिएकाे हाे । साक्षर नेपाल समृद्धिकाे आधार : साक्षर साेलुखुम्बु हाम्राे गाैरब, हाम्राे सबैकाे प्रण : सार्वजनिक प्रणालीकाे सबलिकरण भन्ने नाराका साथ जिल्लालाई साक्षर घाेषणा गरिएकाे हाे ।
जिल्लालाई हिमालयन ट्रष्ट नेपाल, रीड नेपाललगायतका शैक्षिक संघसंस्थाहरूकाे सहयाेगमा साक्षर घाेषणा गरिएकाे हाे । जिल्लालाई जिल्ला समन्वय समिति, साेलुखुम्बुका प्रमुख कृष्णप्रसाद निराैला, उपप्रमुख टीकामाया मगर, प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ लगायतले साक्षर घाेषणा गरेका हुन् ।
जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर जिल्ला घाेषणा गरिएकाे हाे ।
कार्यक्रममा जिल्लास्थित सबै पालिका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूसँगै वडाध्यक्षहरू, जिल्लास्थित सरकारी कार्यालयहरूका प्रतिनिधि तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।








