प्रदेश १ का १९ जना श्रष्टालाई सम्मान गर्ने तयारी

विराटनगर । प्रदेश १ सरकारले विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टालाई सम्मान गर्ने भएको छ । एक कार्यक्रमका बिच श्रष्टालाई सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु-याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद सहित सम्मान तथा पुरस्कृत गर्न लागेको मन्त्रालयले जनाएको छ ।

श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले देहायबमोजिमको नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्त्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए । बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान-२०७९बाट दुई जनालाई सम्मान गर्ने सरकारले निर्णय गरेको हो ।

प्रा. डा गोविन्द तुम्वाङलाई भाषा, साहित्य, अनुसन्धान र प्रा. डा. कालुराम खम्बु-(के.आर. खम्बु) अनुसन्धान, संस्करण तर्फको पुरस्कार वितरण गर्न लागेको हो । प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान-२०७९ मा टंक बहादुर खुलाल (मनु मन्जिल), गोवर्धन तामाङ(साहित्य), विजय श्रेष्ठ(मूर्तिकला), भरत गुरागाईँ(नाट्यकर्मी), ममता गिरी(साहित्य, लघुकथा) गोपाल देवान(नाटककार, निर्देशन), वीरबहादुर लाप्चा(लोक संस्कृति, संस्कृति संरक्षण) पुरस्कार दिँदैछ । हरि कट्टेल(साहित्य), मान सिंह थुलुङ(संगीत), महेन्द्र राई(चित्रकला), जयन्तीरमण कण्ठ (नाट्य अभिनयकर्मी), नवराज राई (साहित्य, कथाकार, कवि)लाई पनि पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार-२०७९ बाट ५ जना पुरस्कृत हुँदैछन् । लीला उप्रेती(लीला अनमोल)-झापा(साहित्य), यशोदाकुमारी लम्साल-सुनसरी(चित्रकला), चेतन आङ्थुपो-इलाम(नाटक, निर्देशन), मधुराज केरुङ-पाँचथर(चलचित्र, साहित्य), विमला चिमोरिया-झापा(नाटक-अभिनय) तर्फको पुरस्कार वितरण गर्न लागिएको न्यौपानेले बताए । श्रष्टा सम्मान समारोह आगामी असार २७ गते मंगलबार विराटनगरमा गर्ने जनाइएको छ। पुरस्कारको राशि एकलाख र ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *