बलात्कारका मुद्दामा बढ्याे हदम्याद
२०७९ असार २४ गते

काठमाडौँ । बलात्कारका मुद्दामा हदम्याद बढाउन संसदीय समितिमा सहमति जुटेकाे छ । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति बढेकाे हाे ।
सहमतिअनुसार बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढेकाे छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हाे ।
समितिले जुटाएको सहमित अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ ।
यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने गरी सहमति भएकाे छ ।
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








