सभामुखले बाेलाएकाे विशेष छानबिन समितिकाे बैठक जारी

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे विशेष छानबिन समितिकाे बैठक जारी छ । दिउँसाे साढे १ बजेबाट शुरू भएकाे बैठक बानेश्वरमा जारी रहेकाे एक सदस्यले जानकारी दिए । उनकाअनुसार समितिले के गरिरहेकाे छ भन्नेबारे बुझ्न र सहजीकरणका लागि सभामुखले बैठक बाेलाएका हुन् ।

गत बुधबार पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेकाे आरोप लागेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =