गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेको अवस्था गम्भीर

काठमाडौँ । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो ।

जापानको समाचारसंस्था एनएचकेका अनुसार गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।  सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।

याे पनि : सडकमा भाषण गरिरहेका बेला जापानी पूर्व प्रधानमन्त्रीमाथि गोली प्रहार

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् । जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =