भक्तपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा चालकको मृत्यु
२०७९ असार २४ गते

फाइल फाेटाे
काठमाडाैँ । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । गएराति बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हाे ।
भक्तपुर प्रहरीकाअनुसार मृत्यु हुनेमा भक्तपुरको सल्लाघारी बस्ने माधव बस्नेत छन् । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियाे ।
२०७९ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








