स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सम्पन्न भयाे माओवादी केन्द्रीय समिति

काठमाडौँ । पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

बिहीबार काठमाडौँको प्रज्ञा भवनमा बसेको बैठकले पोलिटब्युरो १५६ जनाको पोलिटब्युरो गठन गरेको हो । बैठकले स्थायी कमिटी ४१ जनाको गठन गरेको र अहिले १५ जनाको नामावली पेस भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

बैठकले पदाधिकारी चयनका बारेमा छलफल गर्दै उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्ण बहादुर महरालाई चयन गरेको उनले बताए । अन्य पदाधिकारीको कहिदिनमा नै टुङ्गो लाग्ने महराले बताए । बैठकले अध्यक्ष प्रचण्ड प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि जवाफ दिएको र विभिन्न समसामयिक प्रस्ताव पारित गरेको उनले जानकारी दिए ।

त्यस्तै, माओवादी नेता गिरिराजमणि पोखरेलले स्थानीय चुनावले गर्दा पार्टीको विभिन्न कमिटी गठन गर्न केही ढिलाइ भएको बताए ।

बैठकमा प्रचण्डले केही दिनभित्रै पदाधिकारी टुङ्गो लगाउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *