भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो

नयाँदिल्ली ।  बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ३०५ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १४ हजार ६५० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।   रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *