नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेकप्रसाद राई
२०७९ असार २३ गते

काठमाडौँ । नेपाल प्रहरीकाे प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई नियुक्त गरिएकाे छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक राईलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएकाे छ ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








