प्रचण्डद्वारा छोरी, भाइ र बुहारीलाई पोलिटब्यूरो सदस्यमा प्रस्ताव

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरोे सदस्यमा आफ्नो परिवारका तीन जनालाई प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहाललाई पोलिटब्यूरो सदस्यमा प्रस्ताव गरेका हुन् ।

पोलिटब्यूरोे सदस्यमा अध्यक्ष प्रचण्डले परिवारकै तीन जनालाई प्रस्ताव गरेपछि विरोध भएको छ । अध्यक्ष प्रचण्डले बैठकमा पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरिरहँदा मापदण्डविना आएको भन्दै विरोध भएको छ ।

अध्यक्ष प्रचण्डमाथि बेलाबेला ‘परिवारवाद’ को आरोप लागिरहन्छ । अर्की छोरी गंगा दाहाल र ज्वाइँलाई अध्यक्ष प्रचण्डले यसअघि नै केन्द्रीय सदस्य बनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *