प्रचण्डले प्रस्तुत गरेकाे १२५ सदस्यीय पाेलिटब्यूराे विवादमा, बैठक १ घण्टाका लागि स्थगित
२०७९ असार २३ गते

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका १२५ सदस्यीय पाेलिटब्यूराे पारित हुन सकेकाे छैन । नेताहरूले बिनामापदण्ड सदस्यहरू छानिएकाे उल्लेख गर्दै नामहरूमाथि असहमति जनाएका छन् । एक केन्द्रीय सदस्यले भने, ‘धेरै कमरेडहरले बिनामापदण्ड सदस्यहरू चयन गरिएकाे भन्नुभएकाे छ । मेराे पनि भनाइ त्यही हाे ।’
यसपछि बैठक १ घण्टाका लागि स्थगित गरिएकाे छ । १ घण्टापछि बस्ने बैठकमा पनि आफूहरूकाे माग त्यही रहने उनले बताएका छन् ।
प्रचण्ड परिवारबाट ४ जना परेका छन् । प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहाल सदस्यमा अटाएका छन् ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








