छानबिन समिति बन्दा मलाई अपराधी भन्न खाेजियाे : जनार्दन शर्मा

काठमाडाैँ । विवादित निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समिति गठन गर्दा अपराधी भनिएकाे बताएका छन् ।

बिहीबार माओवादीको केन्द्रीय कमिटी बैठकमा बोल्दै शर्माले बुधबार संसदीय विशेष समिति गठनअघि सांसदहरूले आफूमाथि अपराधीजस्तो भनेर टिप्पणी गरेकाे बताए । उनले त्यस किसिमका टिप्पणी संसद् रिकर्डबाट हटाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘हिजो समिति बनाउँदै गर्दा मलाई अपराधीलाई जस्तो भन्न खोजियो । त्यो भनाइ हटाउनपर्थ्यो । पछाडि बसेका साथीहरू उठेका थिए तर अगाडि रहेको नेतृत्वबाट कुरा आएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =