बाजुराको बुढीगंगामा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः भइरहेको मतदानमा फेरि विवाद सिर्जना भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच विवाद भएपछि हवाई फायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । उनका अनुसार विवाद केहीछिन् मतदान रोकिएको र अहिले स्थिति नियन्त्रणमा आएको छ ।

यसअघि वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा यहाँ मतदान रद्द भएको थियो । बिहीबार यहाँ पुनः कडा सुरक्षाका बिच मतदान भइरहेको छ । बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *