अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति बन्दै
२०७९ असार २२ गते

फाइल फाेटाे
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति बन्ने भएकाे छ । समितिमा प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले]बाट ४ सांसद छन् । यस्तै सत्तारुढ तथा साझेदार दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना छन् भने एकीकृत समाजवादी, जनता समाजवादी र लाेकतान्त्रिक समाजवादीबाट १/१ जना रहेका छन् ।
समितिमा रहने सांसदहरूकाे नाम अब बस्ने संसद् बैठकमा पढेर सुनाइने बताइएकाे छ ।
अर्थमन्त्री शर्माले करकाे दर निर्धारण गर्दा व्यापारिक घरानाका अनधिकृत व्यक्तिहरूकाे अनुकूलताअनुसार गरेकाे भन्दै उनकाे आलाेचना हुँदै आएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] त सदनबाटै राजीनामा माग्दै आएकाे छ ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








