नेपाल रेडक्रस सोसाइटीले भन्यो – निवर्तमान अध्यक्षले कार्यालय तोडफोड गरे

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले अनधिकृत रूपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ ।

बुधवार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले मंगबलबार तोडफोड गरेको आरोप लगाएका छन् ।

निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उनले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताए । सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष तिम्सिना अदालत गएका थिए ।

उक्त सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोसाइटीका अध्यक्ष नेपालले यस विषयमा अदालतले गर्ने निर्णय मान्य हुने समेत बताए ।

पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =