असार २६ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले असार २६ गते देशभर सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर इद परेकाले त्यसदिन देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =