न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने महिला पक्राउ
२०७९ असार २२ गते

काठमाडौँ । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीय दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) निदेश कुमार आचार्यले जानकारी दिए।
उनले सिन्धुलीको दुधौली १ का नारायण बोगटीलगायत ९ जनाबाट न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ । ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो ।
मंगलबार साँझ उनलाई कपनको निलो पुलबाट पक्राउ गरिएको एसपी आचार्यले बताए ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








