कर्तव्य ज्यान तथा करणी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणीका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँकेका ज्यान मुद्दाकाुअच्छन अलि अन्सारी र करणी मुद्दामा फरार रहेका जोहरू भाटलाई पक्राउ परेको हो ।

उनीहरूलाई मंगलबार बाँकेको जमुनाहास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-५ घर भएर हाल ६, कसाईटोल बस्ने ३३ वर्षीय अन्सारीले २०७५ असार ३१ गते दाइजो कम ल्याएको निहुँमा पत्नी रुवी अन्सारीलाई कुटपिट गरेका थिए । उनको उपचारको क्रममा मृत्यु भएपछि कर्तव्य ज्यानमा २० वर्ष सजाय सुनाइएको थियो ।

बाँकेकै सोनपुर ९ का ३४ वर्षीया भाटलाई जबरजस्ती करणीमा ७ वर्ष जेल सजाय सुनाइएको थियो । उनसहित दुई जनाले २०७० भदौ ७ गते सोनपुरस्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई करणी गरेका थिए । उनलाई सामूहिक जबरजस्ती करणी गरेको मुद्दामा अदालतले ७ वर्ष जेल र ५० हजार जरिवाना सुनाएको थियो ।

पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत बाँकेमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *