नागरिकता विधेयक फिर्ता लिने सरकारकाे निर्णय
२०७९ असार २१ गते

काठमाडौँ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको हाे ।
सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।
२०७९ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








