रामेछाप बस दुर्घटनाका मृतकमध्ये ९ जनाको सनाखत

काठमाडौँ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १३ मध्ये ८ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।
मृत्यु हुनेहरूमा सुनापति–५ रामेछापका ६० वर्षीय ठूला तामाङ, सुनापति-४ कि २६ वर्षीय सरिता तामाङ, सुनापति-५ कै ३६ वर्षीय खड्क बहादुर बिक, काभ्रे राेशी गाउँपालिका-४ का २५ वर्षीय कमल तामाङ, काभ्रे पाँचखाल–८ का १८ वर्षीय सुदीप गजमेर, सुनापति–५ रामेछापकी २२ वर्षीय विपना तामाङ, काभ्रे मण्डन देउपुर गाउँपालिका–९ कि ६० वर्षीय शुभलक्ष्मी मानन्धर, सुनापति–५ रामेछाप, खनियापनीकी ३६ वर्षीय सञ्जु आले मगर र पाँचखाल-८ काभ्रेका ४० वर्षीय कुल बहादुर बिक रहेकाे रामेछाप प्रहरीले जनाएकाे छ ।
मृतक अन्यकाे सनाखत हुन सकेकाे छैन । दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
रामेछापको हिलेदेखि काठमाडाैँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको थियाे ।








