बागमती सरकार परिवर्तनमा हस्ताक्षर अभियान चलाएको कांग्रेस के गर्दैछ ?

चितवन । बागमतीको सरकार परिवर्तनमा हस्ताक्षर अभियान नै चलाएको नेपाली कांग्रेसले पछिल्लो समय एकाएक लचकता देखाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सरकार परिवर्तनलाई महत्त्व नदिने मनस्थितिमा पुगेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पूर्व सहमतिअनुसार सरकार छोड्न अटेर गरेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनका विरुद्ध हस्ताक्षर अभियान नै चलाएका थिए । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच आधाआधा समय बागमतीको सरकार चलाउने भनी सहमति पत्रमा हस्ताक्षरसमेत भएको थियो ।

‘राजेन्द्र पाण्डेले आधा कार्यकाल सरकार चलाइसकेपछि नैतिकता आधारमा राजीनामा गर्नुपर्ने हो, तर उनले गर्दैनन् भने कसको के लाग्छ र रु’ नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य कैलाश कोइरालाले भने । उनका अनुसार कांग्रेस केन्द्रदेखि स्थानीयसम्म सहमतिको पालना गर्छ, एउटा मुख्यमन्त्रीको लागि गठबन्धनमै असर पर्छ भने कांग्रेस त्यसको लागि ९मुख्यमन्त्री० को लागि मरिहत्ते गर्दैन ।’ सहमति पालना गर्ने नैतिकता राजेन्द्र पाण्डेको भएको उनी बताउँछन् ।

कोइराला भन्छन्, ‘कांग्रेस पद लोलुपता प्रदर्शन गर्न चाहँदैन, नैतिकता, कर्तव्य, जिम्मेवारीलाई कसैले कुल्चन्छ भने पदकै लागि कांग्रेसले महत्त्व दिँदैन ।’

बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेले राजीनामा गर्ने भनिएको हो, तर पाण्डेले नै नैतिकता नदेखाएको आरोप नेपाली कांग्रेसले लगाएको छ । यसअघि मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशको सरकार परिवर्तनमा गठबन्धनका शीर्ष नेताबिच छलफल भएर एउटा टुंगो लगाए मात्र आफूले राजीनामा दिने बताएका थिए ।

बागमती प्रदेश सरकारको विषयमा केन्द्रमा छलफल नै नभएपछि अब बागमतीको मुख्यमन्त्री परिवर्तन नहुने देखिएको छ । कांग्रेसले पनि बागमतीको मुख्यमन्त्री परिवर्तनमा अब थप महत्त्व नदिने भएको छ ।

प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन सुरु गरेको कांग्रेसले यसलाई बिचमै रोकेको छ । बागमतीमा नेकपा एमाले र एकीकृत समाजवादीबिच तालमेल गरेर भए पनि मुख्यमन्त्री पद पाण्डेले जोगाउन सक्ने छनक पाएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री परिवर्तनलाई महत्त्व नदिएको स्रोतको भनाइ छ ।

बागमतीको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस लागे गठबन्धनमै संकट आउने अवस्था देखेपछि कांग्रेसले लचकता अपनाएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *