रामेछाप दुर्घटनामा मृत्यु हुनेकाे संख्या १२ पुग्याे

काठमाडाैँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीकाअनुसार दुर्घटनामा घाइते भएका थप ३ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हाे ।

बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको थियाे । दुर्घटनामा २१ जना घाइते छन् । घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको पहाडीले बताए ।

याे पनिः रामेछाप बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु, २३ घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =