केन्द्रीय समिति बैठक स्थगित गरेर खुमलटारमा छलफल
२०७९ असार २१ गते

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] काे कार्यालयको विस्तारित बैठक जारी छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा जारी रहेकाे नेता लीलामणि पाेखरेलले बताए । उनकाअनुसार सङ्गठनकाे गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको छ ।
बिहान साढे ८ बजेदेखि शुरू भएकाे बैठकमा बैठकमा पूर्वस्थायी र प्रदेश इन्चार्ज सहभागी छन् । माओवादी केन्द्रकाे गत आबइतबारबाट केन्द्रीय समितिकाे बैठक जारी छ । आजकाे बैठकमा सदस्यहरूले उठाएकाे प्रश्नकाे जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम तय भएकाे थियाे ।
यस बैठकले केन्द्रीय पदाधिकारी टुङ्ग्याउनुपर्ने आवाज उठिरहेकाे छ ।
२०७९ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








