धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनीत

विराटनगर । प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएसँगै समानुपातिक बरीयतामा रहेकी धनकुटाकी हिमा बस्नेत भट्टराईलाई मनोनयन भएकी छिन् ।

प्रदेश नं १ प्रदेश सभा सदस्यको नेकपा ९एमाले०को तर्फको रिक्त रहेको एक जना समानुपातिक सिटमा एमाले नेत्री बस्नेतलाई प्रदेश सभा सदस्यमा मनोनीत गर्ने निर्णय भएको एमाले संसदीय दलले जनाएको छ । नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरी पदबाट राजीनामा दिएकी थिइन् ।

अल्पसङ्ख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन् । नेकपा एमालेको प्रदेश १ कमिटी सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले पत्र दिएको एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =