धम्की दिएर रकम असुली गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । विभिन्न व्यक्तिलाई डर धाक धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका घर भई विराटनगर महानगरपालिका–४ कञ्चनबारी बस्दै आएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे–६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

विराटनगर महानगरपालिका ३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आइरहेको प्रहरीको दाबी छ ।

असार १७ गते शुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दह स्थित रहेको आईएमईमा उनीहरूलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले आईएमईमा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ऋषिदेव पक्राउ परेसँगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनामाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *