भक्तपुरको चाँगुनारायणमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

श्री महेन्द्रग्राम सेकेण्डरी स्कुलको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नं ८ को सुडालमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरबाट १ हजार १३ जनाले स्वास्थ्य लाभ लिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा १४२ जनाको इसीजी, १९४ जनाको ल्याब, १२७ जनाको यूएसजी, २२ जनाको दात खोलेको र ३१ जनालाई ओटी रेफर गरिएको दाहालले जानकारी दिए ।

पछिल्लो समय केएमसी अस्पतालले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको केएमसीका निर्देशक सुनिल शर्माले बताए ।

सामान्य स्वास्थ्य सेवाबाट कोही वञ्चित हुन नपरोस् भन्ने केएमसीको उद्देश्य रहेको शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *