पाँचथरमा पहिरोमा परी तीनजनाको मृत्यु, एकजनाको सकुशल उद्धार

विराटनगर । पाँचथरको फालेलुङमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। फालेलुङ गाउँपालिका वडा नम्बर ७ बिदीनमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परेका १ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । बर्सातको कारण गएको पहिरोले स्थानीय रूपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्धार गर्ने क्रममा रूपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्धार गरेको छ ।

पहिरोमा पुरिए बेपत्ता भएकाहरूको खोज तलासको क्रममा ५५ वर्षीय रूपलाल मगर र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई पहिरोमा पुरिएको अवस्थामा आज बिहान शव फेला पारेको हो ।

शुक्रवार रातीको वर्षाले मगरको घर पहिरोमा परेको थियो । शुक्रवारदेखि उद्धारमा खटिएको प्रहरी टोलीले आज बिहान शव फेला पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *