एसपीपी खारेजीबारे सरकारले अझै पठाएन अमेरिकालाई पत्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई अझै पत्र पठाइ नसकिएकाे बताएकाे छ ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन् । उनले भनिन्, ‘अध्ययनकै क्रममा भएकाले पत्र ठाएको छैनौं , उयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौँ ।’

नेपाल सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

त्यस्तै, मन्त्रालयले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालय संलग्न नभएको  बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *